करनी सेनाले फिर्ता लियो ‘पद्मावत’ विरूद्धको आन्दोलन


संजयलिला भंसाली निर्देशित ‘पद्मावत’को विरूद्ध विगत एक वर्षदेखी विरोधमा उत्रिएको करनी सेनाले फिल्मविरूद्धको आन्दोलन फिर्ता लिएको छ। शुक्रबार सेनाले आफ्नो विरोध फिर्ता लिने निर्णय लिएको हो। यससँगै फिल्मले राजपुतको ‘आन बान शान’लाई उच्च रूपमा फिल्ममा देखाएको पनि स्विकार गरेको छ।

उनीहरूले सुटिङका दौरान निर्देशक भंसालीमाथी आक्रमण गरेका थिए। उनीहरूले फिल्ममा रानी पद्मावत तथा अलाउद्दिन खिल्जीबिचमा अन्तरंग दृश्य राखिएको दाबी गर्दै आएको थियो। भंसालीले भने त्यस्तो कुने दृश्य नराखिएको दाबी गर्दै आइरहेका थिए।

विवाद चुलिदै जाँदा सेनाले फिल्ममाथी प्रतिबन्ध लगाइनुपर्ने माग गर्दै आइरहेका थिए। करनी सेनाका मुम्बई नेता योगेन्द्र सिहं कटारले संस्थाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंह गोगामणीको निर्देशनमा फिल्म विरूद्धको आन्दोलन फिर्ता लिइएको बताका हुन्। सेनाका केहि सदस्ये शुक्रबार ‘पद्मावत’ फिल्म हेरेपछि सो निर्णय लिएका हुन्। उनीहरूले फिल्म हेरेर हरेक राजपुतले घमण्ड गर्ने प्रतिक्रिया दिएका थिए।

सेनाले फिल्म प्रतिबन्धित राज्यमा निर्वाध प्रदर्शनका लागि फिल्मलाई सघाउने पनि बताएका छन्। फिल्म राज्सथान, मध्यप्रदेश तथा गुजरात लगायतका राज्यमा विरोधका कारण प्रदर्शन हुन सकेको थिएन।.

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.