अवार्डको लागि फिल्म खेल्दिनँ: साेनम कपुर


बलिउड अभिनेत्री सोनम कपुरले अवार्डको लागि फिल्म नखेलेकाे बताएकी छन्।

फिल्म ‘निरजा’ बाट ६४ औं राष्ट्रिय अवार्ड प्राप्त गरेकी सोनमले फिल्म ‘प्याडम्यान’को प्रचारका क्रममा उक्त कुरा बताएकी हुन्।

उनले भनिन्, ‘म अवार्डको लागि फिल्म खेल्दिनँ। म केवल राम्रो काम र राम्रो फिल्मको हिस्सा बन्न चाहँन्छु।’

साेनमले विनोद चोपडाको फिल्ममा पनि अाफू अनुवन्धित भएकाे जानकारी दिएकी छन्।

‘म फेब्रुवरी, मार्च र अप्रिलमा विनोद चोपडाको फिल्ममा काम गर्दैछु। त्यसपश्चात फिल्म ‘जोया फ्याक्टर’काे तयारीमा जुट्नेछु।’

आर. बालकी निर्देशित ‘प्याडम्यान’ मा सोनमसँगै अक्षय कुमार, राधिका अप्टे लगायतको भूमिका छ।

फिल्म जनवरी २५ मा प्रदर्शन हुनेछ। सञ्जय लिला भन्साली निर्देशित फिल्म ‘पदमावत’ पनि सोहि दिन प्रदर्शन हुने तयारीमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.