१० दिनमा ‘टाइगर जिन्दा है’को कमाइ २५० करोड


सलमान खान अभिनित ‘टाइगर जिन्दा है’ले भारतीय वक्सअफिसमा २५० करोड भारू कमाइ गरेको छ। फिल्मले १० दिनमा सो कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

आगामी दुई सातासम्म ठूलो बलिउड फिल्म रिलिज नहुने भएकाले आगामी दिनमा पनि फिल्मको कमाइ राम्रो हुने विश्लेषण छ। फिल्ममा पाँच वर्षपछि सलमान र क्याटरिनाको जोडी फर्किएको छ। उनीहरूको जोडीलाई दर्शकहरूले फिल्ममा रूचाएका छन्।

सन् २०१२ मा रिलिज भएको कविर खान निर्देशित ‘एक था टाइगर’को सिक्वल फिल्मबाट सलमानले यसअघि रिलिज भएको ‘ट्यूबलाईट’बाट खस्किएको आफ्नो वक्सअफिस पावरलाई पुन: लयमा फर्काउन सफल भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.