नयाँ पार्टी बनाउने रजनीकान्तको घोषणा


भारतीय अभिनेता रजनीकान्तले राजनीतिमा आउने औपचारिक घोषणा गरेका छन्। आइतबार प्रशंसकहरूलाई सम्बोधन गर्दै तमिलनाडुको आगामी विधान सभामा आफ्नै पार्टी बनाएर चुनाव लड्ने उद्घोष गरे।

आफ्नो छोटो भाषणमा तमिनाडुको लोकतन्त्र नराम्रो अवस्थाबाट गुजरीरहेको र जारी व्यवस्थापनमा परिवर्तन आवश्यक रहेकाले आफू राजनीतिमा होमिन लागेको बताए।

‘यस संकटको घडीमा पनि म राजनितिमा आइन भने यो मेरा लागि लज्जाको विषय हुनेछ र यो सिनेमा नभई एउटा सत्य हो’, उनले भने, ‘प्रदेशको आगामी विधानसभा चुनावका लागि नयाँ पार्टी बनाउने समय आएको छ। हामी सन् २०२१मा हुने तमिलनाडुको सबै २३४ सिटमा चुनाव लड्नेछौ।’

रजनीकान्तले भ्रष्टाचारविरूद्ध लडाइँ आफ्नो पार्टीको मुख्य एजेण्डा हुने बताए। रजनीले आफू कायर नभएकाले पछि नहटने बताएका छन्। उनले आफू आफ्नो कर्तव्यबाट पछि नहट्ने दृढता व्यक्त गरे।

रजनीले सबैलाई राजनितिमा आउन आग्रह गर्दै आफ्नो राजनीतिक पार्टी हरेक गाउँ र गल्लीमा जाने बताए। तमिलनाडुकी लोकप्रिय मुख्यमन्त्री जयललिताको निधनपछि रजनीले राजनीतिमा प्रवेश गर्ने धेरैको अनुमान थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.