सन्नी लियोनले आफ्ना फ्यानलाई दिइन् चुनौती, विजेतालाई पुरस्कार


बलिउड अभिनेत्री सन्नी लियोनले आफ्ना फ्यानलाई एक चुनौती दिएकी छन्। उनले सामाजिक सञ्जाल मार्फत् दिएको उक्त चुनौती पूरा गर्नेका निम्ति पुरस्कार पनि राखेकी छन्।

चुनौती दिन उनले एक भिडियो पोस्ट गरेकी छन्। जसको सुरुमा उनी पन्जाबी गीतमा नाच्दै गरेको देख्न सकिन्छ। यो भिडियो मार्फत् उनले भनेकी छन्– तपाईंहरू यस्तो भिडियो अपलोड गर्नुहोस् जसका माध्यमबाट प्रेम प्रकट होस्।

भिडियोबाट बिजेता हुनेले सन्नीसँग भिडियो कल नै गर्न पाउनेछन्। यसका साथै एक स्मार्टफोन पनि। प्रयोगकर्ताले यो भिडियो हाइपस्टार नामको एप बनाएर अपलोड गर्नुपर्नेछ। त्यसपछि उक्त भिडियोलाई लेखेर ट्वीटरमा राख्नुपर्नेछ।

अपलोड भएका सबै भिडियोबाट सन्नीले नै विजेता छान्नेछिन् र भिडियो कल गर्नेछिन्। यो चुनौतीको अवधि डिसेम्बर २२ देखि २७ सम्म तोकिएको छ।

सन्नीको हालै नयाँ फिल्म ‘तेरा इन्तजार’ आएको थिए। बक्स अफिसमा खासै सफल हुन नसकेको यो फिल्ममा उनका को–स्टार अरबाज खान छन्।

कर्नाटकमा भने सन्नीको विरोध पनि भइरहेको छ। उनले आउँदो नयाँ वर्षमा राजधानी बैंगलरुमा एक नृत्य देखाउने भएकी थिइन्। स्थानीयले उनको नृत्य सहरको सँस्कृतिविरुद्ध भएको भन्दै आलोचना गरेका छन्।

उता आलोचित भए पनि ट्वीटरमा भने सन्नीको निकै ‘प्रशंसा’ भइरहेको छ। हालै उनले पुराना अभिनेत्रीका केही तस्वीर राखेकी छन् जसमा उनीहरुले खुला पहिरन लाएका छन्।

सन्नीले लेखेकी छन्– बलिउडका केही महिलाले मलाई म जस्तो छु, ठीक छु भन्ने सिकाएका छन्। उनको पोस्टमा पुराना बलिउड अभिनेत्री शर्मिला टेगौर, मन्दाकिनी, डिम्पल कपाडिया र जिनत अमानको तस्वीर छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.