‘प्याडम्यान’मा यस्तो देखिनेछन् अक्षयकुमार : हेर्नुस् ट्रेलर


बलिउड अभिनेता अक्षय कुमारको प्रतिक्षित ‘प्याडम्यान’को ट्रेलर सार्वजनिक भएको छ। यसअघि ‘ट्वायलेट : एक प्रेमकथा’ बाट शौचालयको उपयोगिता बारे सिनेमा ल्याएका अक्षयले ‘प्याडम्यान’ फिल्मबाट भारतमा महिला तथा युवतीमा रहेको ‘प्याड’को भ्रम र सामाजिक मनोविज्ञानलाई फिल्मको कथा बनाएका छन्।

फिल्ममा अक्षयका अलावा राधिका आप्टे तथा सोनम कपुरको मुख्य भूमिका रहेको छ। फिल्म सत्य घटनामा आधारित रहेको बताइएको छ। फिल्मका निर्देशक आर बाल्की हुन्। फिल्म १५ जनवरीमा रिलिज हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.