क्यानभासमा ‘हरियो ढुंगा’ 

नाटक समीक्षा

फाइल तस्बिर


क्रिस भान अल्सवर्गको चर्चित कथा दि रेचिड स्टोनमा समुद्री यात्रामा गइरहेका मानिस एउटा टापुमा भेटेको सुन्दर र चम्किलो ढुंगोको कारण कसरी परिवर्तन हुन्छन् भन्ने देखाएको छ। त्यो ढुंगा भेट्नुभन्दा पहिला उनीहरू एकआपसमा गफ र रमाइलो गर्दै गइरहेका हुन्छन् तर जब त्यसलाई भेट्छन् त्यसप्रति सबै मरिहत्ते गरेर लागिपर्छन्।यसपछि उनीहरू सामूहिक यात्रा गरिरहेको भन्ने समेत बिर्सिन्छन्।

अहिले शिल्पी थिएटरमा चलिरहेको नाटक हरियो ढुंगामा पनि एक पात्रले त्यस्तै ढुंगा भेटेपछि फेरिएको एउटा परिवार र समग्र समुदायको स्वरूप प्रस्तुत गरिएको छ। माथिको कथामा जस्तो यहाँ यात्रामा गइरहेका मानिसहरू छैनन्। बाध्यताको हिँडाइले थकाइ मार्न बसेको ठाउँमा गिटी कुटेर जीविका चलाइरहेका भुटानी शरणार्थीहरू छन्। तर दुवै कथासार मिल्दो छ। पात्रहरूलाई ढुंगो भेटिएपछि बिग्रिएको अवस्था देखे लाग्छ,कि बरु ढुंगो नभेटिएकै भए ठिक हुन्थ्यो।

त्यो कथा र यो कथामा अन्तर के छ भने त्यहाँ ढुंगाले सामाजिक वातावरण बिगारेपछि त्यसलाई समुद्रमा फ्याँकिन्छ। अनि सबैथोक ठीक हुन्छ। तर यहाँ ढुंगा फ्याँक्नलाई समुद्र छैनबगाउनलाई नदी पनि छैन।

निचुले कान्छाजसले ढुंगा भेट्छत्यो ढुंगाले निम्त्याएको परिस्थितिलाई एक्लै थाम्न असमर्थ छ। तर ऊसँग सहनु बाहेक कुनै उपाय पनि छैन। त्यसैले त ऊ हलुंगो भएर नाटकभर कतै पनि उभिएको छैन। र त्यो बोझ उसको मात्र हैनऊ जस्ता कयौं मनहरूको हो जसलाई आफ्नो राष्ट्रियताको भारी गरूंगो भइरहेको छ तर पनि बिसाउन मन छैन।

निचुले कान्छा स्थिर छ। ढुंगो जस्तो। यस्तो लाग्छ उसलाई वरपर केही भइरहेको छ जस्तो लाग्दैन। तर ऊ निर्जिव  हैन। ऊ ढुंगो पनि हैन। ढुंगामाथि बसेर आकाशतिर हेरिरहेको उसको अनुहार एकपल्ट नियाल्नुभयो भने थाहा हुन्छ उसको आँखामा पीडाको समुद्र अटेको छ। समुद्र बग्दैन।

तर ऊ हरेकपल्ट माथि किन हेर्छओठ काँप्दै गर्दा उसका आँखाहरू त्यति लाचार किन हुन्छन्?  च्यातिएको सुरूवालबाट उसका घुँडाहरू किन चिहाउँछन्?  किन ऊ प्रतिक्रिया दिन सक्दैन?

त्यो जान्नुभन्दा पहिला ऊ को हो जान्नुपर्छ। ऊ जान्नुभन्दा पहिला ऊ कहाँबाट आयो जान्नुपर्छ। जब थाहा हुन्छ ऊ भुटानबाट शरणार्थी भएर आएको हो,  तब हरेक थोक खुल्दै जान्छन्। अनि थाहा हुन्छ ऊ  पिल्लिएको घाउ जस्तो भएको पीडा।

सुनिल पोखरेलका पछिल्ला दुई नाटकको बारेमा एकपल्ट कुरा गरौँ। पछिल्लोपल्ट उनले जयमाया आफूमात्र लिखापानी आइपुगी’ निर्देशन गरे। इन्द्रबहादुर राईको त्यो कथा र उनले अहिले गरेको उपेन्द्र सुब्बाको हरियो ढुंगो’ कथामा धेरै समानता छन्।

त्यो कथा र्माको वासस्थान छोडेर नेपाल हान्निएका नेपालीहरूको कथा थियो। यो कथा वासस्थान छोडेर नेपालमा शरण मागी बसेका शरणार्थीहरूको कथा हो। त्यो यात्राको कथा थियोयो पनि यात्राको कथा हो। त्यसमा गन्तव्य थियो,  तर यसमा त्यो छैन।

यात्राविनाको गन्तव्य हिँड्नुको पीडा हिँड्नेहरूलाई थाहा छ।

त्यो समूहको कथा थियो,  यो पनि समूहको कथा हो। त्यहाँ बाध्यताहरू थिए,  यहाँ पनि बाध्यताहरू छन्। त्यहाँ दोधारमा परेका जीवनहरू थिए यहाँ पनि त्यस्तै छन्। त्यहाँ मृत्यु थियो,  यहाँ पनि छ। त्यहाँ बाटोमा धेरैलाई छोडेर बाँच्नेहरू हिँड्नुपरेको थियोयहाँ पनि त्यस्तै।

तर त्यहाँ छुटेकाहरू मर्दै गएयहाँ छुटेकाहरू ज्युँदो लास भए।

असमानता पनि छन्। जस्तै त्यो कथामा जीवनको माया धेरै थियो तर यो कथामा जीवन भन्दा धेरै देशको माया छ। त्यो ज्यान बचाएर भाग्नेहरूको कथा थियोयो शिर उठाएर हिँड्न खोज्नेहरूको कथा हो।

त्यहाँ कतै पुग्नु ठूलो कुरा थियो। यहाँ कतै फर्किनु ठूलो कुरा हो। त्यहाँ नदी बाटो छेकेर बगिदिन्छ,  यहाँ नदी सपना बगाएर बगिदिन्छ।

त्यो वर्षौँ पहिलेको कथा हो। यो अहिलेको कथा हो।

दुवै नाटकलाई सँगै हेर्दानाटकभन्दा माथि सोचेर हेर्दा,  मानवीय सभ्यतालाई एउटा जटिल प्रश्न सोध्न मन लाग्छ, ‘साँच्चै हरेक सभ्यतामा यही मानव जातिले सोच्नै नसकिने यस्ता बाटोहरू किन हिँड्नुपर्छ?’

नाटकको सुरुवाति एक दृश्यको कुरा गर्छु। तेस्रो देश फिर्ती कार्यक्रममा सहभागी हुने कि नहुने भन्ने विषयमा भनाभन भइरहेको हुन्छ। त्यसैबेला एक वृद्ध अगाडि सर्छन् र भुँइको ढुंगो टेकेर दुईवटा गोलो नजिक नजिकै र एउटा गोलो अलिक टाढा बनाउँछन्।

एउटा गोलोमा उभिएर भन्छन् यो भुटान हो’ उफ्रिँदै अर्को गोलोमा जान्छन् र भन्छन् यो नेपाल हो। भुटानबाट एक पाइलो यहाँ आयौँ र अर्को टाढाको गोलोमा बेस्सरी उफ्रिएर पुग्छन् र भन्छन् र यो अमेरिका हो। अब यहाँबाट कहाँ पो जानु हो?’

त्यसरी उफ्रिँदै गर्दा उनको टाउकोबाट टोपी खस्छ। बोल्दै गर्दा गला अवरूद्ध हुन्छ। टोपी यानिकि स्वभिमान र अवरूद्ध गला यानिकि भाषाको माया। यो दृश्य समग्र भुटानी शरणार्थीहरूको साझा महसुस हो।

अर्को दृश्य सम्झिन्छु। पानीको लाइन लाग्नु परेको छ। सबै जना रित्ता ग्यालेन बोकेर उभिएका छन्। त्यसमा एक अपांग केटी पनि छे। उसलाई पालो कुर्नु भनिएको छ। ऊ पालो कुर्न बस्छे। पालो आइसकेपछि पनि कुरिरहन्छे। सबै जना गइसकेपछि पनि कुरिरहन्छे। कुर्नेहरू कति लाचार छन् कुर्नलाई। उनीहरूलाई कतिबेला जानुपर्ने रहेछ भन्ने पनि थाहा हुँदैन।

नाटकको अन्तिममा तेस्रो देश पुनर्वासमा जानेहरूको अनुहार हेर्दा थाहा हुन्छ पालो आउनेलाई पनि गाह्रो छ। पालो नआउनेलाई पनि गाह्रो छ। कहिलेकाहीँ नियम असाध्यै पीडादायी हुन्छ।

देश नभएको समयमा नियम मान्न झनै कठिन हुन्छ। कार्साङले ‘नियम मान्नुपर्छ है’ भन्दा हरेकपल्ट विरोधाभास सुनिनुको कारण पनि त्यही हो।

रतुवा खोला एकदमै शक्तिशाली बिम्ब हो। खोला भन्ने कि कुलो?  त्यसलाई तर्न गाह्रो छैन तर पाइला उठाउन गाह्रो छ। त्यहाँ गिटी कुटेको कर्क आवाज मात्र बग्छ। गिटी कुट्ने आवाज परिचित आवाज हुन्। र अर्को त्यस्तै परिचित आवाज पनि छ जो उनीहरूलाई नबताई बज्छ। त्यो खोला तर्न गाह्रो छैनपाइला उठाउन मात्र गाह्रो छ।

हरियो ढुंगो सपनाहरूको बिम्ब हो। त्यसले ल्याउने नतिजाहरू हेर्दा यही लाग्छ। टिभी हेर्न जम्मा भएको समुह¸ भुटान फर्किएर जाने निचुलेनी कान्छीको सपना¸ राम्री हुने सक्कलीको चाहाना सबै एकआपसमा मिल्दाजुल्दा छन्। सपनामा देखिने मिठा दृश्यहरूको ब्ल्याकमेल जस्तो नतिजा। वा भनौँ सुन्दर बाटो हुँदै भिरतिर बोलाउने कुटिलो विश्वास जस्तो यथार्थ। जाँदाजाँदा कतिबेला भिरबाट झरिन्छ थाहा हुँदैन। नाटकमा पनि त्यस्तै हुन्छ। यसैबेला म निरज भट्टराईका कवितांश सम्झिन्छु–

टाढा नठान्नु आफूलाईधेरै नजिक पनि नहुनु यो ठाउँसँग

यसले पहिले सपनाको अम्मली बनाइदिन्छ

पछि निद्राको कालो व्यापार गर्छ।

हरियो ढुंगाले निचुले कान्छाको परिवारमा त्यस्तै अम्मल ल्याउँछ र निद्राको कालो व्यापार गर्छ। नत्र एउटा घडीले कसैको जीवन नमर्नु पर्ने हो। नाटकमा बाघचाल खेलेको दृश्य झनै धेरै सांकेतिक छ। बाघचालमा बाघलाई बाख्राले थुन्नुपर्ने हुन्छ। थुन्न नसके बा फुत्त उफ्रिन्छ र बाख्रालाई खाइदिन्छ। नाटकमा पनि त उनीहरू भरसक बाघलाई थुन्न खोज्छन्। तर बाघ बाघ नै भइदिन्छ। उनीहरू आफू बाख्रा भएको स्वीकार गर्छन्। बाघलाई छेक्न खोज्ने असफल प्रयास कमजोर हुँदै गरेको महसुस गर्छन्।

पानी चुहेको छतलाई तलबाट छुन्न खोजेजस्तो असमर्थ प्रयास।

नाटक भुटानी शरणार्थीको पीडाले भरिएको ठुलो पेन्टिङ जस्तो भएको छ। जहाँ सबैका फोटो अटाएका त छन् तर ती फोटोहरू उज्याला छैनन्। त्यहाँ टोलाइरहेका निचुले कान्छाहरू छन्। हारेका कार्साङहरू छन्। र नाटकमा देखिएका सबै पात्रहरू पनि छन्। त्यो पेन्टिङको क्यानभासमा भुटाननेपाल र भारत तीन देश छन् जसले नाटक बनेको विषयमाथि न्याय गर्न सकेनन्

एन्टोनी विभर भन्छन् ऐतिहासिक घटनाहरूमा आधारित भएर लेखिएका कथा वा उपन्यासले राम्रो–नराम्रो जस्तो भए पनि विगतबारे सचेतना बाँढ्ने काम गर्छन्।‘ यसर्थ कथा वा नाटक दुवै रूपमा हरियो ढुंगाधन्यवादको पात्र हो। तर यसो भन्दै गर्दा के लेखिँदा वा के देखाइँदा केके लेखिँदैन वा देखाइँदैन भन्ने पक्षलाई पनि उत्तिकै ध्यान दिइनुपर्छ।

आशा गरौँ, अब फेरी कथा लेख्ने उपेन्द्र सुब्बा तथा फेरि निर्देशन गर्ने सुनिल पोखरेलले यो कुरालाई पनि मन गर्नेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.