गायिका मिलन अमात्य र श्रीमान मेन्सनबीच डिर्भोस


गायिका मिलन अमात्य र उनका श्रीमान मेन्सन अमात्यको डिर्भोस भएको छ। दुवै जनाबीच पारिवारिक खट्पट उत्पन्न भएपछि उनीहरु काठमाडौं जिल्ला अदालतमा पुगेर डिर्भोस गरेका हुन्।

गायिका मिलनसँग डिर्भोस भएको उनका श्रीमान मेन्सनले सेतोपाटीलाई जानकारी दिए। डिर्भोसका लागि उनीहरुले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए।

‘उनको सांगीतिक यात्रामा मेरो सहयोग भएन भन्दै उनी असन्तुष्ट थिइन्,’ मेन्सनले भने, ‘त्यही भएर होला। अर्को कुनै कारण छ जस्तो मलाई लाग्दैन।’

व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो। उनीहरुका बालबच्चा भने छैनन्।

यस सम्बन्धमा अमात्यले पनि मेन्सनसँग डिर्भोस भएको जानकारी दिइन् ।

‘घर परिवारमा समय दिन सकिन सांगीतिक यात्रा रोक्न म पनि म चाहन्न त्यसैले समझदारीमा नै डिर्भोस भएको हो,’ उनले भनिन्। आफ्ना व्यक्तिगत कुराहरुमा अरु व्यक्तिको नाम नजोडिदिन पनि उनले आग्रह गरिन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.