बलिउड अभिनेता सुनिल शेट्टी काठमाडौंमा


बलिउड अभिनेता सुनिल शेट्टीले काठमाडौं आएका छन्। शनिबार बिहान चन्द्रागिरिको भ्रमण गर्न पुगेका सेठ्ठीले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गरेका थिए।

अनौपचारिक भ्रमणका लागि नेपाल आएका शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले परियोजनाको स्थलगत भ्रमण गराएका छन्।

शेट्टीले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.