यी हुन् अक्षयले प्रेम चक्कर चलाएका सात बलिउड सुन्दरी


कुनै समय मार्सल आर्ट खेलाडी, कुक लगायत पेशामा समेत पारंगत मानिएका अभिनेता अक्षय कुमारले अभिनयका फरक फरक आयाममा समेत बलिउडमा पक्का खेलाडीको परिचय बनाए । सन् १९६७ मा जन्मिएका उनी त्यति ठूला विवादमा नपरेपनि कुनै समय उनका प्रेमप्रसंगले भने व्यापक चर्चा पाएको थियो । बलिउड संघर्षको सुरुवातमा तत्कालिन समयका चर्चित अभिनेता राजेश खन्नासँग काम माग्न गएका उनी कालान्तरमा खन्नाकै ज्वाईं बने । खन्नाकी छोरी ट्विंकल खन्नासँग प्रेमविवाह हुनुअघि नै उनका कैयौं प्रेमप्रसंग चर्चामा थिए । प्रेम मात्र होइन उनले कतिपयसँग त बिहे गर्ने वचन दिएर इन्गेजमेन्ट समेत गर्न भ्याएका थिए ।को–को हुन् त उनका प्रेमिका र त्यतिबेला कस्तो प्रसंगले चर्चा पाएको थियो ?

शिल्पा सेट्ठी:

सन् १९९० को दशकमा अक्षय र शिल्पाको जोडीलाई कामुक जोडी मानिन्थ्यो । शिल्पाले बताएअनुसार अक्षयले उनीसँग बिहे गर्ने वाचासँगै इन्गेजमेन्ट पनि गरेका थिए । त्यतिबेला यी दुईबीच पक्का बिहे हुन्छ भन्ने आँकलनसमेत भएको थियो। तर, बिस्तारै मनमुटाव बढ्दै जाँदा उनले अक्षयले आफूलाई प्रयोग गरेको आरोप लगाइन् । त्यसपछि यी दुईबीचको सम्बन्धमा चिसो पस्यो र उनीहरु छुट्टिए । हाल उनीहरुबीच सामान्य खाले सम्बन्ध रहेको छ ।

रविना टण्डन :

कैयौं फिल्ममा रविनासँग अभिनय गरेका अक्षय र उनको प्रेम तीन वर्ष चल्यो । त्यतिबेलाकी ग्ल्यामरस मानिने रविनासँग चाहीँ अक्षयले पक्का बिहे गर्छन् भन्ने आँकलन गरिन्थ्यो ।

रेखा गणेशन :

कुनै बेला अभिताभ बच्चनलाई आफ्नो प्रेमी मानेर उनको नामकै सिन्दुर लगाएको बताउने रेखासँग समेत अक्षयको प्रेमसम्बन्ध रहेको चर्चा गरिएको थियो । रोचक कुरा यस्तो छ कि रेखाले सन् १९६६ मा ‘रंगुला रत्नम’ नामको तेलेगु फिल्म खेल्दा अक्षय जन्मेका पनि थिएनन् । १३ वर्ष जेठी रहेकी रेखासँग उनी ‘खिलाडियों का खिलाडी’ फिल्मबाट नजिकिएका थिए ।

पुजा वत्रा:

अक्षय र पुजाको सम्बन्ध उनी फिल्म क्षेत्रमा आउनुभन्दा अघिदेखिकै थियोे । फिल्ममा आउन संघर्ष गरिरहँदा मोडलिङ गरिरहेकी पुजाको साथमा उनी ठूलाठूला पार्टीमा जान्थे । अक्षयसँगको सम्बन्धलाई लिएर पुजा गम्भिर थिइन् तर, पछि यसो भनियो–अक्षयले पुजालाई बलिउडमा आउनका लागि मात्र प्रयोग गरेका थिए । बिभिन्न चर्चा परिचर्चा चल्न थालेपछि उनीहरु अलग भए।

आयशा जुल्का:

‘खेलाडी’ फिल्मले अक्षयलाई बलिउडमा स्थापित गरायो । सँगै सोही फिल्मकी अभिनेत्री आशा जुल्कासँगको सम्बन्धको चर्चाले उनको करियरमा मसाला थप्यो । त्यतिबेला उनीहरुका प्रेम र रोमान्सका किस्साले बलिउड गर्माएको थियो । खेलाडीपछि केही फिल्ममा उनीहरु सँगै त देखिए तर, सम्बन्ध भने यत्तिकै सेलाएर गयो ।

ट्विंकल खन्ना:

अक्षयको बलिउड संघर्षदेखि चल्तिको अभिनेता बन्दासम्म सात जनासँगको प्रेमसम्बन्ध पछि आठौं प्रेमिका ट्ंिवकलसँगको प्रेमले भने बिहेको सार्थकता पायो । बताइएअनुसार अक्षयले ट्विंकलसँग पनि बिहे गर्ने मनसाय बनाएका थिएनन् । ट्विंकलकी आमा डिम्पल कपाडीयाको दवाबले मात्र उनले झुकेर बिहे गर्न बाध्य हुनुप¥यो । हाल उनीहरुका दुई सन्तान छन् ।

प्रियंका चोपडा:

प्रियंकासँग अक्षयको सम्बन्धले भने विवादकै रुप लिएको थियो । ट्ंवीकलसँग बिहे गरिसकेपछि ‘अन्दाज’ फिल्ममा प्रियंकासँग अभिनय गर्दा उनीहरुको सम्बन्धको हल्ला श्रीमतीसम्म पुग्यो र विवादको रुप लियो । पछि अक्षयले नै प्रियंकासँग दुरी बढाए र हल्लालाई साम्य पारे ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.