अष्ट्रेलियाबाट सार्वजनिक भयो सत्यराजको नयाँ भिडियो


गायक सत्यराज आचार्यको ‘मधुशाला’ एल्बममा समावेश गरिएको ‘नचलाउ मलाई…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । किरण कँडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतका गीतकार तथा संगीतकार पनि आचार्य नै हुन्।

अष्ट्रेलियामा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन सुरेन्स फोटोगाफीको नामले अष्ट्रेलियाको नेपाली समुदायमा परिचित सुरेन श्रेष्ठले गरेका हुन्। दश महिनामा १० वटा भिडियो निर्माण गरेको उक्त टिमको यो भने आठौं म्युजिक भिडियो हो। जसमा स्वयं सुरेन श्रेष्ठले नै अभिनय गरेका छन् भने निशा श्रेष्ठले अभिनयमा डेब्यू गरेकी छिन्।

भिडियोमा भने एउटा सानो असमझदारीले पनि प्रेम सम्बन्धमा बाधा पु¥याउन सक्छ र समयमै कुराकानी मार्फत सुल्झाउनुपर्छ भन्ने भावना समेटिएको छ।

भिडियोको छायांकन टेक बयलकोटीले गरेका हुन्। निशान घिमिरे सम्पादक हुन्। भिडियोमा सिड्नी, अष्ट्रेलियास्थित लक्ष्मी होम लोनलाई पनि फिचर गरिएको छ।

यो म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको च्यानलबाट प्रिमियर गरिएको हो।

‘मधुशाला’ एल्बम त्यस्तो एल्बम हो, जसमा एकजना श्रष्टाले स्वर, संगीत तथा शब्द रचना गरेका छन्।

यस्तो छ नचलाउ मलाईको म्युजिक भिडियोः

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.