प्रेमगीत २ ले ल्यायो ‘न त हाँस्न नै सक्छु’ (भिडियो)

प्रेमगीत २ ले ल्यायो ‘न त हाँस्न नै सक्छु’ (भिडियो)


फिल्म ‘प्रेमगीत २’ ले नयाँ गीत ‘न त हाँस्न नै सक्छु’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ। मनिषा खड्काको शब्दमा एलिस कार्कीले संगीत दिएको गीतमा सागरसंसार राईको स्वर सुन्न सकिन्छ।

गायक राई यसअघि ‘प्रेमगीत’को कभर गायन प्रतियोगितामा प्रथम भएका थिए। यसै गीतबाट संगीतमा डेब्यु गरेका कार्की एरेन्जर हुन्।

प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन, शिशिर भण्डारी अभिनित फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको फिल्म साउन १३ मा रिलिज हुनेछ।

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.