बुद्ध शान्ति कमल राज रेग्मी साहित्य पुरस्कार दाहाल यज्ञनिधिलाई


‘श्री बुद्ध शान्ति कमलराज रेग्मी साहित्य पुरस्कार २०७४’ दाहाल यज्ञनिधिलाई प्रदान गरिएको छ।

बुद्ध शान्ति फाउन्डेशनद्वारा असार ३१ मा काठमाडौंमा आयोजित कार्यक्रममा दाहाललाई सो पुरस्कार प्रदान गरिएको हो।

दाहाल रेडियो नेपालबाट प्रसारण हुने साहित्य संसार कार्यक्रमका उद्घोषक तथा सञ्चारकर्मी हुन्। पुरस्कारको राशी पचार हजार रुपैयाँ रहेको छ।

बुद्ध शान्ति फाउन्डेशनका संस्थापक अध्यक्ष इन्जिनियर, साहित्यकार तथा कलाकार श्री सन्ध्या रेग्मीले स्थापना गरेको यो पुरस्कार हरेक वर्ष साहित्य, शिक्षा वा समाजसेवामा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई प्रदान गरिँदै आइएको छ।

कार्यक्रममा ९० बर्षिय साहित्यकार श्री कमलराज रेग्मीका चार पुस्तकहरुमाथि अन्तक्रिया गरिएको थियो। प्राडा. सुरेन्द्र केसी, डा. नेत्र प्रसाद नेउपाने, डा. नेत्र एटम, डा. रजनी ढकाल, इरोज श्रेश्ठ तथा वामदेव शर्माले अन्तक्रियामा भाग लिएका थिए।

कार्यक्रममा फाउन्डेसनको वेबसाइट पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रमको प्रमुख आतिथ्य अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्य महास्तवीरले गरेका थिए भने सभाको सभापतित्व सन्ध्या रेग्मीले गरेकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.