मोदीको भूमिकामा परेश रावलले खेल्ने पक्का


बलिउडका प्रख्यात अभिनेता परेश रावलले भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीको बायोपिकमा बन्न लागेको फिल्ममा मोदीको भूमिका निर्वाह गर्ने भएका छन्।

अभिनेता परेश रावलका अनुसार उनले फिल्ममा मोदीको भूमिका निभाउने छन्।

उनी भन्छन्,‘ म प्रधानमन्त्रीको बायोपिकमा खेल्दैछु, जसमा मैले मोदीको भूमिका निभाउनेछु।’

उनले मोदीको भूमिका आफुँले बाहेक अरुले निभाउनै नसक्ने बताउँदै यो भूमिका निकै चुनौतिपुर्ण भएको बताए। परेशले फिल्ममा लगानी पनि आफुँले गर्ने बताउँदै फिल्मको स्क्रीप्ट ७० प्रतिशत पुरा भएको  बताए।

परेशले मोदीको देशप्रति केही गर्ने दृढ संकल्पले  व्यत्तिगत रुपमा मोदी आफुँलाई निकै मनपर्ने बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.