तीजका लागि पशुपति शर्माले गाए– मेरो छोरा दुई नम्बरी गर (भिडियो)


विशेषगरी हिन्दु महिलाहरुले मनाउने चाड तीज पर्वका लागि गाइने गीतहरु अब पहिलेजस्तो एकै विषयमा केन्द्रित छैन। पहिले महिलाले मात्र गाउने तीज गीत पुरुषलेसमेत गाउन थालेका छन्। तीज गीत गाएरै ‘हिट’ भएका छन्।

जसमध्ये एक हुन्, पशुपति शर्मा। समाजका जल्दाबदल्दा विषयलाई टिपेर मुखमा झुन्डिनेखालका शब्द र लयमा गीत तयार पार्ने पशुपति शर्माका थुप्रै तीज गीत चर्चित छन्। उनको लोकप्रियतामा तीज गीतले खुबै सघाएको छ।

उनै शर्माले यसपालीको तीजका लागि ‘मेरो छोरा दुई नम्बरी गर’ बोलको गीत सार्वजनिक गरेका छन्। आफैं शब्द लेख्ने, धुन तयार पार्ने र गाउने शर्माले यसपटक शान्तिश्री परियारसँग गाएका छन्।

शर्मा गीत गाउने मात्र होइन, भिडियोमा समेत आफैं अभिनय गर्छन्। यस गीतको भिडियोमा शर्मा र गायिका परियार दुवैले अभिनय गरेका छन्।

दुर्गा पौडेलले भिडियो निर्देशन गरेकी हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.