‘इन्गेजमेन्ट’को नौ महिनापछि हरिवंशको कान्छो छोराको बिहे

‘इन्गेजमेन्ट’को नौ महिनापछि हरिवंशको कान्छो छोराको बिहे


कलाकार हरिवंशका कान्छा छोरा मोहितवंश आचार्यको बिहे भएको छ। काभ्रे धुलिखेलकी विन्दु थापा र आचार्यबीच मागी बिहे भएको हो। धुलिखेलमा होटल तथा प्लाइउड व्यवसायमा संलग्न व्यापारीकी छोरी विन्दु र मोहितको बिहे शनिबार धुलिखेलमा भएको हो।

हरिवंशको पुख्र्यौली घर पनि काभ्रे हो। दुवै पक्षलाई चिन्ने आफन्तको सहयोगमा मोहित र विन्दुबीच बिहे भएको हो। वैवाहिक समारोहमा कलाकारहरुको उपस्थिति थियो।

अमेरिकामा रहेका हरिवंशका जेठा छोरा त्रिलोकवंश आचार्यको छुट्टी नमिलेकाले इन्गेजमेन्टको बिहे हुन समय लागेको हो। अमेरिकी युवतीसँग बिहे गरेका त्रिलोक, उनकी श्रीमती र सासु–ससुरासमेत बिहेमा उपस्थित भएका छन्।

मोहितको तर्फबाट सोमबार भोज राखिएको छ। मोहित कुपण्डोलमा ब्रिक्स क्याफे चलाउँछन् भने विन्दु डेन्टल विषय लिएर पढिरहेकी छन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.