दीपकराज गिरीले भित्र्याए बुहारी


हास्य अभिनेता दीपकराज गिरीको जेठो छोराको बिहे भएको छ। कीर्तिपुरकी मीरा ज्ञवाली र गिरीका जेठा छोरा दीपेश गिरीबीच प्रेम बिहे भएको हो।

शनिबार राजधानीको एक ब्यांक्वेटमा उनीहरुको बिहे सम्पन्न भएको हो।

बिहेमा फिल्मक्षेत्रका सीमित कलाकर्मीको मात्र उपस्थिति थियो। समारोहमा विशेषगरी ‘छक्कापञ्जा’ का कलाकार मात्र सम्मिलित थिए।

ससुरा बनेका दीपकराज गिरीले आफ्नो छोराको बिहे सार्वजनिक गर्न नचाहेको बताइएको छ। सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा निकै सक्रिय गिरीले छोराको बिहेसँग सम्बन्धित तस्बिर तथा अन्य कुनै सामग्री राखेका छैनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.