मनिषा कोइराला वाग्मती सफाइ महाअभियानकी सद्भावना दूत

मनिषा कोइराला वाग्मती सफाइ महाअभियानकी सद्भावना दूत




वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत भएकी छन्।

सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको सफाइ अभियानकर्मी उमेश बोहराले बताए । कोइराला यही असार ३ गते सञ्चालन हुने २१४औँ हप्ताको सफाइ कार्यक्रमदेखि सहभागी हुने महाअभियानले जनाएको छ ।

नायिका कोइरालालाई सद्भावना दूतको प्रस्ताव पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसीले राखेका थिए । आगामी शनिबारको सफाइ त्रिपुरेश्वरमा हुने भनिएकामा थापाथली पुलमा गरिने भएको छ ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि हप्तामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ । यहाँबाट प्रभावित भएर हाल देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको महाअभियानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.