विनोदविक्रम केसीलाई ‘इच्छुक स्मृति पुरस्कार’


यो वर्षको ‘इच्छुक स्मृति पुरस्कार’ कवि विनोदविक्रम केसी र मोदनाथ मरहट्टालाई संयुक्त रूपमा प्रदान गरिने भएकाे छ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले उनीहरूलाई पुरस्कृत गर्न लागेकाे हाे।

कवि विनोदविक्रम केसी कथा, निबन्ध, व्यङ्ग्य–लेखन र अनुवादमा सक्रिय छन्। उनको ‘भोकको क्षेत्रफल’ कवितासंग्रह प्रकाशित छ। अर्का कवि मरहट्टा चितवनमा बसेर कविता लेख्छन्। उनको ‘पाइलाहर” शिखरतिर उकासिँदै गर्दा’ र ‘उज्यालो जन्मनुअघि’ कविता कृति प्रकाशित छन्।

त्यसैगरी, साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ कवि शोभा दुलाललाई दिइने भएको छ भने कलातर्फको कालिकोट निवासी फूलमायाँ दर्जी (प्रगति हिङमाङ)लाई दिइने भएको छ। ‘इच्छुक पुरस्कार’को राशी एक लाख रुपैयाँ हो भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार रुपैयाँ छ।

जेठ १३ गते पुरस्कार वितरण गरिने आयोजक इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव हिरामणि दुखीले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.