स्रष्टा प्रतिष्ठानको विशेष कवि गोष्ठी

कवि वैरागी काइँलालाई मायाको चिनो प्रदान गर्दै स्रष्टा प्रतिष्ठानकी अध्यक्ष अमृता स्मृति।


स्रष्टा प्रतिष्ठान नेपालको पाचौँ वार्षिकोत्सवको अवसरमा विशेष कवि गोष्ठी सम्पन्न भएको छ।

‘सप्रने विशेष कवि गोष्ठी’ नाम दिएएको कार्यक्रममा अग्रज कविहरू अशेष मल्ल, उषा शेरचन र विष्णुविभु घिमिरेदेखि लिएर नयाँ पुस्ताका निसा धमला तथा रसिक राजसम्मले कविता वाचन गरे।

यस्तै कविहरू नवीन बन्धु पहाडी, फूलमान वल, रामगोपाल आशुतोष, मणिराज सिंह, बिना थिङ तामाङ ,गणेश भट्ट अणु, सुनिता खनाल, देवकी अभिलाषी, सोझो गाउँले, निर्भीकजंग रायमाझी, वेदनाथ ढकाल र राधिका गुरागाईंले पनि गोष्ठीमा कविता वाचन गरे।

वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे र प्राज्ञ ज्ञानु पाण्डेले कवितामाथि टिपण्णी गर्दै शुभकामना मन्तव्य राखेका थिए।  ‘स्रष्टा प्रतिष्ठानले  नयाँ पुस्तालाई मूलबाटोसम्म ल्याएर सबैका सामु परिचित गर्न ठूलो भूमिका खेलेको छ’, उपकूलपति विष्णुविभु घिमिरेले भने।

यसैगरी प्रतिष्ठानको अध्यक्ष कवि अमृता स्मृतिले आगामी दिनमा पनि संस्थाले नियमीत रुपमा कार्यक्रमहरू गरेर त्यसलाई प्रभावकारी बनाइने बताइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.