फिल्म ‘रानीमहल’ बाट डेब्यू गर्दै पूर्व मिस नेपाल निकिता चाण्डक


पूर्व मिस नेपाल निकिता चाण्डक फिल्ममा देखिने भएकी छन्। हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्म ‘रानीमहल’मा चाण्डक अनुबन्धित हुँदै फिल्मी क्षेत्रमा प्रवेश गर्न लागेकी हुन्।

फिल्मको लागि घोषणा भएका कलाकारले कारणबस फिल्म नखेल्ने भएपश्चात नयाँ कलाकारको खोजी भएको थियो। नायिका वर्षा राउतको सट्टामा उनी छानिएकी हुन्। नायकका भूमिकामा भने प्रशान्त ताम्राकारको सट्टा अर्जुन शाही छानिएका छन्।

हिडन ट्रेजरसँगको कन्ट्रयाक्टका कारण उनले एक वर्षसम्म फिल्मका लागि वातावरण मिलाउन पाएकी थिइनन्। ‘मिस नेपाल २०१८’ घोषणा भएसँगै निकिता र हिडन ट्रेजरको कन्ट्रयाक्ट सकिएको छ।

निकिताले समाजिक सञ्जालमा खुसी साट्दै लेखेकी छन्, ‘२०१८ को अप्रिल १५ मेरो जीवनको अविस्मरणीय दिन हो। मैले आज पहिलो फिल्म साइन गरेको छु। मैले वर्षौं पहिले देखेको सपनाले अब सार्थक रूप पाउँदैछ।’

 

विमल भुषालले निर्माण गर्न लागेकाे फिल्ममा दीपक पौडेलको पटकथा रहेको छ। फिल्म पोखरा, पाल्पा, बुटवल, भैरहवा, स्याङजा, र काठमाडौंमा छायाँकन हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा निकिता र अर्जुनसँगै नीर शाह, सुष्मिता केसी, भोला शाह, सौगात धिताल, बिष्णु सापकोटा, अनुराग कुँवर लगायतका कलाकारको अभिनय रहनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.