‘काव्य गुञ्जन’को दोस्रो श्रृङ्खला सम्पन्न

‘काव्य गुञ्जन’मा रचना प्रस्तुत गर्न आमन्त्रित सर्जकहरू।


कविताका विभिन्न विधाहरू समेटेर नियमित रुपमा आयोजना हुँदै आएको कार्यक्रम ‘काव्य गुञ्जन’को दोस्रो श्रृङ्खला सम्पन्न भएको छ। दोस्रो श्रृङ्खलामा कविता, गजल र मुक्तकका पाँच–पाँच जना सर्जकहरूले आ–आफ्ना रचना वाचन गरेका छन्।

भक्तपुरबाट काभ्रेको बनेपामा कविता वाचनका लागि आमन्त्रित कवि अभय श्रेष्ठले चारवटा कवितासहित आफ्नो काव्यिक धारणा राखे। यस्तै कवि कल्पना काफ्लेले आफ्ना चारवटा छन्द कविता गाइन्।

अविरल ‌ओझेल र मनिष गौतमले आफ्ना ६/६ वटा गजल प्रस्तुत गरे भने सीताराम आचार्यले दशवटा मुक्तक सुनाए। कार्यक्रममा बोल्दै कवि नरेन्द्रकुमार नगरकोटीले काभ्रेपलाञ्चोकमा नियमित रूपमा सञ्चालन हुँदै आएको ‘काव्य गुञ्जन’ले देशभरीका विभिन्न स्रष्टाहरूलाई बोलाएर रचना वाचन गराई नयाँ माहौल सृजना गरेको बताए। राजधानी बाहिर पनि यसरी पृथक शैलीका साहित्यिक कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण ‘काव्य गुञ्जन’ले प्रस्तुत गरेको नगरकोटीले जिकिर गरे।

‘काव्य गुञ्जन’ समूहले नियमित रूपमा कविताको विविध आयाममाथि जिल्लालाई केन्द्रीत गरेर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.