सलमानलाई ५ वर्षको जेल सजाय


बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय हुने भएको छ। उनलाई कालो हरिण सिकारको मामिलामा सजाय दिइने भएको हो।

सन् १९९८ मा ‘हम साथ साथ हे’ फिल्मको सुटिङको समयमा राजस्थानका स्थानीयले पवित्र मानेर पूजा गर्ने ‘चिङ्कारा’ (कालो हरिण) को सिकार गरेको आरोप उनीमाथि लागेको थियो। अदालतमा २० वर्षदेखि चलिरहेको मुद्दामा आज उक्त फैसाला आएको हो।

यो मामिलामा सलमानसँगै अभिनेता सैफअलि खान र अभिनेत्रीहरू सोनाली बेन्द्रे, निलम तथा तब्बुसमेत आरोपी थिए। उनीहरू भने आरोपबाट मुक्त भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.