रहिनन् गायिका कमला श्रेष्ठ


‘सल्लाई हो जोवन कल्लाई हो’, ‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्’ जस्ता कालजयी गीतकी गायिका कमला श्रेष्ठको सोमबार निधन भएको छ। ६९ वर्षको उमेरमा काठमाडौंमा उनको निधन भएको हो।

नारायण गोपालको संगीत स्वरमा मुनामदनको ‘ईश्वर तैँले रचेर कसरी बिगारिस्’ मा सह–गायनमा साथ दिने कमलाले गोपाल योञ्जनको संगीतमा ‘म बाँच्ने उमेरहरू सारा हजुरलाई’, ‘कति टाढा खोलाको किनार’ पनि गाएकी छन्।

प्रेमदेव गिरीको संकलन ‘सरर मलेवा’ उनको अर्को प्रसिद्ध गीत हो। ‘तारेभीरमा बाबियो लसरी, लाको माया छुट्ने कसरी’ जस्ता गीतका कारण उनी लोकप्रिय थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.