कवि केदारनाथ सिंहको निधन


प्रख्यात भारतीय कवि केदारनाथ सिंहको सोमबार निधन भएको छ। ८४ वर्षीय सिहंको सोमबार दिल्लीमा निधन भएको हो।

डेढ महिना पहिलादेखि उनलाई निमोनियाले सताएको पारिवारिक स्रोतले जनाएको छ। यसै क्रममा अल इन्डिया मेडिकल साइन्समा उपचारका क्रममा उनलाई भर्ना गरिएको थियो। हिजो साँझ ८:४५ बजे उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ।

सन् १९८९ को साहित्य अकादमी अवार्डप्राप्त गरेका सिंहले सयौंको संख्यामा पुरस्कारहरू प्राप्त गरेका छन्।  उत्तर प्रदेशमा जन्मिएका सिंहका कविता भारतमा मात्र नभई विश्वभरबाट रुचाइएका थिए।

यो पनि हेर्नुहोस्:

बुढी औंलाको छाप

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.