खगेन्द्र र स्वस्तिमाकाे साथमा फिल्म ‘जय भोले’ घोषणा


नेपाली फिल्मका पुराना फिल्मकर्मी अशोक शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।

बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘जय भोले’ को घोषणा गरिएको हो।

मितिनी निर्देशनको १२ वर्षपछि शर्मा निर्देशनमा फर्कन लागेका हुन्। फिल्म वल्र्ड र एए ग्रुपको ब्यानरमा बन्न लागेको फिल्ममा शर्माको निर्देशनसँगै अभिनय र निर्माण पनि रहने छ। सामाजिक एवम् कमेडी ड्रामामा अभिनेता खगेन्द्र लामिछानेको पटकथा एवं प्रमुख भूमिका रहनेछ।

फिल्ममा खगेन्द्रसँगै सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारहरूको प्रमुख भूमिका हुने बताइएको छ।

शिवरात्रीदेखि छायांकन सुरू हुने बताइएकाे फिल्मको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.