गौरी मल्ल बनिन् गायिका


नायिका गौरी मल्लले ‘जीवन साथी’ बोलको गीत गाएकी छन्। गायक प्रमाेद खरेलकाे साथमा उनले पहिलाे पटक स्वर दिएकी हुन्।

पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाले संगीत भरेका छन्। गीतमा फडिन्द्र राईको संगीत संयोजन छ।

रोजल थापाको निर्देशन रहेको गीतको भिडियोलाई रोहित बस्नेतले कोरियोग्राफी गरेका हुन्। गीतको भिडियोमा दिव्य दाहाल र नायिका नम्रता सापकोटालाई देख्न सकिन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.