‘ब्लाइन्ड रक्स’को गीतमा बेनिशाको ‘उड्यो मन’


बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को पहिलो गीत सार्वजनिक भएको छ। फागुन १८ मा प्रदर्शनको तयारीमा रहेको फिल्मको ‘उड्यो मन’ बोलको गीत सार्वजनिक भएको हो।

नरेश भट्टराईको शब्द, हरि लम्सालको संगीत रहेको गीतमा बानिका प्रधानले स्वर दिएकी छन्। गीतमा शास्त्रीय संगीत र कथक नृत्यको मिश्रण छ।

मिलन चाम्सको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री बेनिशा हमाललाई देख्न सकिन्छ।

बायोपिक दृष्टिविहिन सृष्टि केसीको जीवनमा आधारित छ। फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने निकेश लिम्बुले निर्माण गरेका हुन्।

अभिनेत्री बेनाशा हमालले सृष्टिको भूमिका निभाएकी छन्। फिल्ममा बेनिशाबाहेक अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्ट लगायतले अभिनय गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.