माघ १९ मा फिल्म ‘शेरबहादुर’ रिलिज हुने


सन्की मान्छेको कथामा निर्माण भएको फिल्म ‘शेरबहादुर’ माघ १९ गतेबाट प्रदर्शन हुने भएको छ।

अवकाश प्राप्त एक आर्मीको कथामा आधारित फिल्ममा अभिनेता सुनिल थापाको प्रमुख भूमिका रहेको छ। फिल्ममा उनलाई एक निडर, सन्की र बलियो पात्रको रूपमा प्रस्तुत गरिएको छ। सुनिलबाहेक फिल्ममा कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको अभिनय छ।

फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि फिल्म कुनै राजनीतिसँग सम्बन्धित नभएको निर्माण पक्षले जनाएको छ। फिल्म एक्शन, रोमान्स, ड्रामा विधामा निर्माण गरिएको  छ।

आर राजवंशीको निर्देशन रहेको फिल्मलाई गौरीशंकर धुजु र धिराज राजवंशीले निर्माण गरेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.