‘जीरो’ मा देखियो शाहरुखको यस्तो रूप (भिडियोसहित)


नयाँ वर्षको सुरूवातमा बलिउड सुपरस्टार शाहरूख खानले नयाँ फिल्मको घोषणा गरेका छन्।

शाहरूखले ‘जीरो’ नामक फिल्मको घोषणा गरेका हुन्। फिल्ममा शाहरुख होचो मानिसको चरित्रमा देखिनेछन्। आफ्नो ट्वीटरबाट फिल्मको टिजर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो।

फिल्मलाई आनन्द एल रायले निर्देशन गर्नेछन्। बितेको वर्ष शाहरुखका लागि विर्सनलायक रह्‍यो। टिजर सार्वजनिक भएसँगै फिल्मले सन् २०१८ लाई सम्झना योग्य वर्ष हुने अपेक्षा गरिएको छ। गत वर्ष रिलिज भएको ‘जब हैरी मेट सेजल’ वक्सअफिसमा  असफल भएको थियो।

फिल्ममा शाहरुखसँगै क्याटरिना कैफ तथा अनुष्का शर्माको अभिनय रहनेछ। फिल्म २१ डिसेम्बरमा रिलिज हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.