‘मन्त्र – च्यान्टिङ अफ टेक्नोलोजी’ को दोस्रो संस्करण विराटनगरमा हुने


‘मन्त्र – च्यान्टिङ अफ टेक्नोलोजी’ अभियानको दोस्रो संस्करण विराटनगरमा सुरु हुदैँछ। गोर्खा मोटर्सको प्रायोजनमा पुस २२ देखि २७ गतेसम्म कार्यक्रम सम्पन्न हुने भएको हो।

अभियानअन्तर्गत पहिलो कार्यक्रम असोज २७ र २८ गते काठमाडाैँमा भइसकेकाे छ।

आइएनजी (इनोभेटिभ घर) नेपाल र युएसआर्ट नेपाल लगायतका गौरनाफामूलक संस्थाहरुको संयुक्त आयोजनामा दाेस्राे कार्यक्रम सम्पन्न हुन लागेकाे हाे। कार्यक्रममा उद्यमी, केही अन्वेषक र केही कलाकारहरुकाे  सहभागिता छ।

‘हरेक कुरा प्रविद्दिसँग जोडिएको छ। यसैले मन्त्रले प्रविद्धिमा नयाँ आयाम थप्ने प्रयास गरेको छ।’, इनोभेटिभ घरका अध्यक्ष एवम् कलाकर्मी विक्रान्त कार्कीले भने, ‘यो कार्यक्रममार्फत सामाजिक उद्यमशीलता प्रति योगदान दिने जमर्को हामीले गरेका छौँ।’

आयोजकका अनुसार कार्यक्रममा मोवाइल थिएटर बस, थ्रीडी प्रिन्टर मशिन, सीएनसी मशिनहरु, ड्रोनहरु, रोबोटहरु, औद्योगिक यन्त्रहरु, रकेट र राइट दाजुभाइले बनाएको प्राचीन उडानयन्त्रको झल्को दिने बिना इन्जिनका ग्लाइडर जहाजहरु प्रदर्शन गरिदैँछ।

साथै, कार्यक्रममा विकास जोशी निर्देशित प्रविधि नाटक ‘मिरा मिराज’ र आधासुरको सांगीतिक समुह जिरोसर्कल इन्टरटमेन्टको कन्सर्ट पनि प्रदर्शन गरिदैँछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.