रहेनन् संगीतकार चन्द्रराज शर्मा


नेपाल कला भूषण उपाधिद्वारा विभूषित संगीतकार चन्द्रराज शर्माको आज बिहान निधन भएको छ। पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’ का संगीतकार समेत रहेका शर्मा उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।

महाकवि देवकोटा ‘मुनामदन’ गीति नाटकमा पनि उनले संगीत निर्देशन गरेका थिए। उनको संगीतमा गायक माणिकरत्न, तारादेवी, तोरणमुनि बज्राचार्य, सुदेशराज शर्मा आदिले दर्जनौँ गीत गाएका छन्। शर्माले पछिल्लो पटक महाकवि देवकोटाको गीति नाटक ‘कुञ्जिनी’मा पनि संगीत गरेका थिए।

छिन्नलता गीत पुरस्कार, हिट्स् एफ एम लाइफटाइम अचिभमेन्ट पाएका शर्माका दुई छोराहरू सुदेशराज शर्मा र नरेश शर्मा पनि संगीत क्षेत्रमै आबद्ध छन्। उनी संगीत शिरोमणी यज्ञराज शर्माका माहिला छोरा पनि हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.