इटालीमा विराट कोहली र अनुष्का शर्माको विवाह


भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले विवाह गरेका छन्।

२९ वर्षका विराट र अनुष्काले इटाली पुगेर शनिबार विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी विराट र अनुष्काले यसको ‌आधिकारिक पुष्टी गरेका छैनन्।

केही दिनयता कोहली र शर्माको विवाहबारे विभिन्न अनुमान चल्दै आएका थिए।

विवाह समारोहमा परिवारका निकट व्यक्तिहरु मात्र उपस्थित रहेको बताइएको छ।

विराट र अनुष्का सन् २०१३ देखि सम्बन्धमा थिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.