‘कबड्डी’ फ्लेभरमा आयो ‘मिस्टर झोले’को ट्रेलर


रामबाबु गुरूङ निर्देशित ‘मिस्टर झोले’को ट्रेलर सोमबार रिलिज गरिएको छ। पुस २४ गते रिलिज हुने फिल्ममा दयाहाङ राई, वर्षा राउत तथा दिया पुनको मुख्य भूमिका रहेको छ।

सार्वजनिक फिल्मको ट्रेलरमा निर्देशक गुरूङको हिट कमेडी श्रृखंला ‘कबड्डी’को फ्लेभर देखिको छ। फिल्ममा बुद्दि तामाङ, विजय बराल, अरूणा कार्की तथा प्रविण खतिवडा समेतको अभिनय रहेको छ।

फिल्मको कथा पनि निर्देशक गुरूङले नै लेखेका हुन्। यस अघि गुरूङ निर्देशित ‘पुरानो डुङ्गा’ले चर्को समिक्षकिय आलोचना खेपेको थियो। फिल्मले सो आलोचनालाई कम गर्ने अनुमान गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.