मेलिना राईको थारु गीत ‘चाँद जैसिन तोहार सुरतिया’ सार्वजनिक


गायिका मेलिना राईले पहिलाे पटक थारु भाषाको गीत गाएकी छन्। ‘चाँद जैसिन तोहार सुरतिया’ बोलको गीतमा उनले स्वर दिएकी हुन्।

मेलिनालाई स्वरमा थारु गायक नरेश जोगीले साथ दिएका छन्। नरेशकै शब्द र संगीत रहेको गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन्।

‘मलाई विभिन्न समुदायका भाषामाथि गीत गाउँन मनपर्छ,’ मेलिनाले भनिन्, ‘थारु भाषा त बुझ्दिन तर गीत गाउने अवसर पाउँदा निकै खुशी छु, रमाइलो लाग्यो।’

अर्जुन थापाको निर्देशन रहेको गीतलाई राजु केसीले छायाँकन गरेका हुन्। गीतको भिडियोमा जेएमसी चौधरी र करिष्मा चौधरीले अभिनय गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.