साहित्यकार सापकोटाद्वारा ‘मेरापीक’ आरोहण


साहित्यकार एवं प्रथम साहित्यिक हिमाल आरोही लक्ष्मण सापकोटाले सोलुखुम्बू जिल्लाको ६६५४ मिटर अग्लो ‘मेरापीक’ हिमालको आरोहण सम्पन्न गरेका छन्।

मंसिर ११ गते बिहान ६ बजे सापकोटा र आरोही पेम्बा शेर्पाको टिम ‘मेरापीक’ हिमालको चुचुरोमा पुगेका थिए। यसअघि नै वि.सं.२०७१ सालमा ‘इम्जात्से’ हिमालको साहित्यिक आरोहण गरेर सापकोटाले पहिलो साहित्यिक हिमाल आरोहीको कीर्तिमान बनाएका थिए।

मेरापीक आरोहणको क्रममा सापकोटाले चुचुरोमा कविता वाचन तथा विभिन्न साहित्यिक गतिविधि गरेका थिए। उनले आफ्नो जन्मभूमि काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको नक्सा पनि चुचुरोमा पुर्‍याएका छन्।

साथै, यस आरोहणका क्रममा उनले विभिन्न सामाजिक संघ–संस्थाको लोगोसमेत मेरापीक शिखरमा पुर्‍याएका  छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.