कर्णदासको स्वरमा ‘म नागरिक कसरी बनुँ’ सार्वजनिक


लोकप्रिय गायक कर्णदासको ‘म नागरिक कसरी बनुँ’ बोलको गीत सार्वजनिक भएको छ।

कर्ण सकारात्मक कोषको आयोजनामा काठमाडौंमा एल्बमसँगै गीत सार्वजनिक भएको हो।

गीतलाई कर्ण शाक्यले रचना गरेका हुन् भने गायक कर्ण दासले स्वरसँगै संगीत पनि भरेका हुन्। प्रकाश श्यामीले गीतमा आकाशवाणी आवाज दिएका छन्।

कर्ण शाक्यको अनुसार यो गीत मात्रै होइन्, सोच सम्बन्धी एक अभियान पनि हो। उनले भने, ‘यो गीत सुन्ने प्रत्येक व्यक्ति एकपटक सोचमग्न हुन्छ।’

यस्तै कर्णदास भन्छन्, ‘यो गीत एकदमै संवेदनशील विषयमा बनेको छ। यो गीतले प्रश्न मात्र नभएर नमन, नियमन पनि गराउँछ।’

समाजमा सकारात्मक सोचको अभियान सञ्चालन गर्ने उद्धेश्यका साथ २०७३ सालमा कर्ण सकारात्मक काेषकाे स्थापना भएको हाे। कोषले सकारात्मक सोच अभिवृद्धिका लागि काम गर्दै अाएकाे छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.