झरना र साम्राज्ञी सिड्नीमा


भोलि हुने ‘ए मेरो हजुर २’ को रेड कार्पेट शोका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र झरना थापा सिड्नी आइपुगेका छन्।

हो र हैन होला, एसएस ईभेन्टस र आरकेएस अस्ट्रेलियाको संयुक्त प्रस्तुति रहेको  यस रेड कार्पेट शो बरउडस्थित ईभेन्ट सिनेमामा हुनेछ।

छोटो समयमा चर्चा कमाएकी साम्राज्ञीको यो पहिलो व्यवसायिक उडान हो।

नव नायक सलिनमान बानियाँ तथा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह अभिनित फिल्मले नेपालबाट राम्रो प्रतिक्रिया पाएको थियो।

अब यो फिल्म अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन हुने पनि जानकारी दिइएको छ।

नेपालबाट अभिनेत्री तथा निर्देशक झरना थापा र फिल्मकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सिड्नी विमानस्थलमा आयोजक रविन्द्र कुमार शर्मा, रोशन भट्टराई लगायतले  स्वागत गरेका थिए।

सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा सलिनमान, साम्राज्ञीसँगै, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.