सबिर श्रेष्ठको ‘बाधँ मायाले’ मा जोडी बन्दै आर्यन र सृष्टि


निर्देशक सबिर श्रेष्ठको निर्देशनमा फिल्म ‘बाधँ मायाले’ बन्ने भएको छ।

नायक आर्यन अधिकारी र मिस नेपाल २०१२ तथा नायिका सृष्टि श्रेष्ठको अभिनयमा उक्त फिल्म बन्ने भएको हो।

लेखक समेत रहेका निर्देशक श्रेष्ठले ‘बाँध मायाले’लाई आफ्नो ड्रिम प्रोजेक्टकाे रुपमा लिएको बताएका छन्। ‘लामो तयारीपछि हामी सुटिङमा निस्किएका हौं, निर्देशक श्रेष्ठले भने, ‘दर्शकले चाहे जस्तो फिल्म बनाउँछु।’

लभ स्टोरी जनरामा बन्न लागेको फिल्ममा रामहरी धिताल र बिभिसीका श्रेष्ठ निर्माताका रुपमा रहेका छन्। फिल्ममा बाबु श्रेष्ठको छायाँकन छ भने अर्जुन पोखरेलको संगीत रहनेछ।

कविराज गहतराज र रामजी लामिछानेले फिल्मलाई कोरियोग्राफी गर्दैछन्।

नवलपरासीबाट छायाँकन हुन लागेको फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, विशाल चाम्लिङ लगायतको अभिनय रहनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.