धरानमा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएर अग्रता लिएका छन्।
निर्वाचत अधिकृतको कार्यालयका अनुसार मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिँदा साम्पाङ ८८१८ मत प्राप्त गरेर अग्रता कायम गरेका छन्।
उनलाई पछ्याइरहेका गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन्। अहिलेसम्मको गणनाअनुसार राईले भन्दा साम्पाङले १५० मत धेरै ल्याएका छन्।
त्यस्तै नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेकी छिन्।
उपमेयरमा भने गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन्।
एमालेका उम्मेदवार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन्।
धरानको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ। अहिले वडा नम्बर ८, ११ र १२ को मतगणना जारी छ। वडा नम्बर २० को मतगणना स्थगित गरिएको छ।