विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १९१७३ मतसहित अग्रता कायम राखेका छन्।
नेकपा एमालेका सागर थापाले १४३३८ मतसहित कोककइरालालाई पछ्याइरहेका छन्।
राप्रपाका प्रल्हाद साहले ३७०० मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार उमेश यादवले ६१८७ मत पाएका छन्।
यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्कीले १६५५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।
जसपाका अरमेन्द्र यादवले भने ९८१५ मत ल्याएका छन्।
राप्रपाकी विन्दाकुमारी लुइँटेलले ४४९३ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले भने ३५४९ मत ल्याएकी छन्।
विराटनगरमा ८९६८९ मत खसेकोमा अहिलेसम्म ५९८३० मत गणना भइसकेको छ ।