सुनसरीको धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता बढाएका छन्।
बिहीबार १० बजेसम्म भएको १९४६६ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार साम्पाङले १४७ मतले कांग्रेसका उम्मेदवार किशोर राईलाई उछिनेका छन्। साम्पाङले ८ हजार ५०९ मत प्राप्त गर्दा उम्मेदवार कांग्रेसका राईले ८ हजार ३६२ मत पाएका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ८५८ मत मात्र पाएकी छन्।
यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४३१ मतसहित ३५२ मतको अग्रता कायम राखेका छन्। एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाएका छन्।