काठमाडौं महानगरपालिकाका मतगणना सकिएका पाँच वटै वडामा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले जितेका छन्।
राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जारी मतगणनामा पाँच वटा वडाको मतगणना सकिएको छ।
कार्यालयले वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकाएको हो। यी सबै वडामा नेकपा एमालेका उम्मेदवारहरूले जितेका हुन्।
वडा नम्बर १ मा ६२२ मत पाएर भरतलाल श्रेष्ठ, वडा नम्बर २ मा १३७७ मत पाएर राजेन्द्रकुमार श्रेष्ठ, वडा नम्बर ३ मा २१३८ मत पाएर प्रेम थापा, वडा नम्बर ४ मा ४६०४ मत पाएर दिनेश महर्जन र वडा नम्बर ५ मा १८१८ मत पाएर विरेन्द्र प्रजापति निर्वाचित भएका हुन्।
निर्वाचित भएका वडाध्यक्षहरूले कूल १० हजार ५५९ मत पाएका छन्। एमाले वडाध्यक्षहरूले १० हजार बढी मत पाउँदा त्यही पार्टीका मेयर उम्मेदवार केशव स्थापितले आधामात्रै मत पाएका छन्।
ती पाँच वडा वडामा उनले ५२८६ मत मात्र पाउन सके। स्थापितले वडा १ मा ३६५, वडा २ मा ७२८, वडा ३ मा १२०३, वडा ४ मा १९२४ र वडा ५ मा १०६६ मत पाएका छन्।
मतगणना सकिएका पाँच वटै वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले राम्रो मत ल्याएका छन्। बालेनले वडा १ मा ७८३, वडा २ मा १२१५, वडा ३ मा २४०६, वडा ४ मा ३९५६ र वडा ५ मा १५०१ मत पाएका छन्।
यी वडाबाट बालेनले कूल ९८६१ मत पाए। यता स्थापितले भने जम्मा ५२८६ मत ल्याए।्
काठमाडौं महानगरको जारी मतगणनामा मेयर पदमा बालेन शाह पहिलो नंम्बरमा छन् भने दोश्रो स्थानमा स्थापित छन्।
अहिले राष्ट्रिय सभा गृहमा वडा नम्बर ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।
१२ वटै वडाहरूका ५९ हजार ८ सय ९७ मत गणना गर्दा बालेन शाहले २३ हजार ५८४ मत पाएका छन्। यता केशव स्थापितले भने १२ हजार ३८० मत पाएका छन्।