सुनसरीको इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेका नेपाली कांग्रेसका हेमकर्ण पौडेले प्रतिष्पर्धी एमालेका यामकुमार सुब्बाभन्द २ हजार बढी मतको अग्रता लिएका छन्।
३१ हजार ७ सय १३ मत गणना हुँदा पौडेलले १४४३३ मत पाएका छन् भने सुब्बाले १२२१३ मत ल्याएका छन्।
उपमेयरमा भने एमालेकी संगीता चौधरीले एकीकृत समाजवादीका केशवकुमार बिष्टलाई निकै पछि पारेकी छन्।
चौधरीले १३७२० मत पाएकी छन् भने बिष्टले ८५३२ मत ल्याएका छन्।
२०७४मा इटहरीको मेयर र उपमेयर दुबै एमालेले जितेको थियो।
मतगणना जारी छ।
यो पनि पढ्नुस्: