काठमाडौं महानगरपालिकाको उपमेयर पदको लागि नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले १४ हजार ७१७ मत पाएकी छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनले बुधबार दिउँसो साढे २ बजेसम्म सो मत पाएकी हुन्। काठमाडौंमा ३९ हजार ६२३ मतगणना भइसकेको छ।
उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवारी दिएका रामेश्वर श्रेष्ठ निक्कै पछाडि छन्। उनले जम्मा ४ हजार ६५२ मत पाएका छन्।
उनी गठबन्धनको तर्फबाट उम्मेदवार हुन्। डंगोल सुरू देखि नै फराकिलो मतान्तर राख्दै अगाडि बढेकी हुन्।
यस्तै राप्रपाका उम्मेदवार बिनिता मगैयाले २ हजार ८८५ मत पाएका छन्।
काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रियसभा गृहमा भइरहेको छ। अहिले वडा नम्बर १, २, ३, ५ को गणना सकिइसकेको छ।
वडा नम्बर ४,७, २८, २९,३०,३१, ३२ को मतगणना भइरहेको छ।
यी सबै वडाहरूमा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाह अगाडि छन्। दोस्रो स्थानमा एमालेका केशव स्थापित छन् भने तेस्रो स्थानमा सिर्जना सिंह छन्।