सिराहाको सखुनान्कारकट्टी गाँउपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्।
एकीकृत समाजवादीका उम्मेदवार केदारनाथ यादवले ३ हजार ४ सय ७ मत ल्याएर विजयी भएका हुन्।
यहाँ नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार शत्रुधनप्रसाद साहले ३ हजार ३ सय ८१ मत ल्याएका छन्।
केदारनाथ २०७४ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा विजयी भएका थिए।
यसपटक एमाले उमेदवार हरिदेव चौधरीले ५ सय ७८ मत ल्याएका छन्।
उपप्रमुखमा भने नेपाली कांग्रेसकी निलम यादव विजयी भएकी छन्।
उनले ३ हजार ४ सय ६३ मत पाएकी छन्।
नेकपा एकीकृत समाजवादीकी उम्मेदवार प्रमिला यादवले ३ हजार २ सय २६ मत ल्याएकी छन्।