खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
मेयरमा तीर्थराज भट्टराई नेकपा एमालेका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३९३ मतले पराजित गर्दै विजयी भएका हुन्। भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मत पाए।
उपमेयरमा माओवादी केन्द्रका बिसन राईले १० हजार ४३८ मतसहित निर्वाचित भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विणादेवी राईले ७ हजार ३१९ मत पाइन्। विणादेवी निवर्तमान उपमेयर हुन्।
दिक्तेलमा १५ वडा रहेकोमा माओवादी केन्द्रका ६, कांग्रेसका ४, एमालेका ३ र जसपाका २ जना वडाध्यक्ष निर्वाचित भएका छन्। नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो।