बाजुराको त्रिवेणी नगरपालिकामा नेपाली कांग्रेसका कर्णबहादुर थापा र कमला जैशी (न्यौपाने) ले वाम गठबन्धनलाई पराजित गर्दै प्रमुख उपप्रमुखमा निर्वाचित भएका छन्।
थापाले ४ हजार ७६१ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका मोतीसिंह बुढाले ३ हजार ५८६ मत ल्याएर पराजित भएका छन्।
यस्तै, उपप्रमुखमा कमला जैशी (न्यौपाने) ले ४ हजार ७४३ मत विजयी भएकी छन्।
उनका प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फ मनराज बुढाले ३ हजार ९४ मत ल्याएर पराजित भएका हुन्।
यहाँ एमाले र माओवादीकाे गठबन्धन थियो।
२०७४ मा पनि त्रिवेणीमा कांग्रेसले चुनाव जितेकाे थियाे।