मोरङको लेटाङ नगरपालिकाको मेयरमा नेकपा एमालेका भूपेन्द्रकुमार लावती निर्वाचित भएका छन्।
उनले कांग्रेसका ज्ञानेन्द्र ढकाललाई पछि पार्दै मेयरमा बाजी मारेका हुन्।
लावती मेयरमा निर्वाचित भए पनि अन्तिम मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ।
निर्वाचन अधिकृतले सबै वडाहरूको मत संकलन गर्ने कार्य भइरहेकाले अबको एक घण्टामा अन्तिम नतिजा सार्वजनिक गरिने जनाए। अनौपचारिक घोषणा भए पनि मत संकलन गर्न केही समय लाग्ने भएकोले मत सार्वजनिक गर्न ढिलो हुने उनले बताए।
उपाध्यक्षमा पनि एमालेकै कृष्णकुमारी पोखरेल विजयी भएकी छन्। उनले माओवादीका कृष्णप्रसाद लम्साललाई पछि पारेकी हुन्।
अघिल्लो निर्वाचनमा लेटाङको मेयरमा कांग्रेसका बालकुमार शंकर राई विजयी भएका थिए।
उनले यसपालि एमालेबाट निर्वाचित लावतीलाई नै हराएका थिए। तर यसपालि कांग्रेसले माओवादीसँग गठबन्धन गर्दा पनि मेयरमा पराजित भएको छ।