विराटनगर महानगरपालिकामा ४० हजार २ सय ७२ मतगणना सकिँदा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले ३१०० मतको अग्रता लिइरहेका छन्।
उनले आफ्ना प्रतिस्पर्धी एमालेका सागर थापा भन्दा ३१०० मत बढी ल्याएका हुन्।
कांग्रेसका कोइरालाले १२६७२ मत ल्याउँदा एमालेका थापाले ९५७१ मत पाएका छन्।
स्वतन्त्र मेयर उम्मेदवार उमेश यादवले ४०५० मत ल्याएका छन् भने राप्रपाका प्रल्हाद साहले २६२७ मत पाएका छन्।
विराटनगरको उपमेयर प्रतिस्पर्धामा भने एमाले उम्मेदवार शिल्पा कार्की अघि लागेकी छन्।
उनले ११०११ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी गठबन्धनबाटै जसपाका अमरेन्द्र यादवले ६६८६ मत पाएका छन्।
राप्रपाकी उपमेयर उम्मेदवार विन्दा लुइँटेल ३१८१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले पनि २२८८ मत ल्याएका छन्।